१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपदबारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छ’: प्रधानमन्त्री शाह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढी हिमपहिरोका कारण सिर्जित भएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्रीले यसलाई जलवायु परिवर्तनको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपदबारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्नेमा जोड दिए । सरकारले विपद् लगत्तै उद्धार कार्यलाई तीव्रता दिएको र हालसम्म ११ हजार ९९३ जनाको सफल उद्धार गरिएको जानकारी दिए । भोटेकोशी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुन:स्थापनाका कार्यबारे प्रतिनिधि सभालाई जानकारी गराएका हुन् । प्रधानमन्त्री साहका अनुसार विपदमा परी अझै ३ हजार ९ सय क१६ जना सम्पर्कविहीन रहेका छन् ।

उद्धार गरिएकामध्ये २९२ जना घाइते भएकोमा १८२ जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने बाँकीको उपचार जारी छ । हालसम्म १ हजार ११४ वटा शव फेला परेका छन्, जसमध्ये ९५ जनाको पहिचान भई परिवारलाई जिम्मा लगाइएको छ । पहिचान हुन नसकेका शवहरूलाई डिएनए परीक्षणका लागि आधार सुरक्षित राख्दै वैज्ञानिक प्रक्रियाअनुसार व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ र थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ । जसमध्ये रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा पालिकामा ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ ।

विपद्को यस घडीमा भारत, चीन, अमेरिका, बेलायत, जापान, लगायतका मित्रराष्ट्रहरू र एसियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय साझेदारहरूले सहयोग गरेको प्रधानमन्त्रीले बताए ।

बाढीले ऊर्जा र सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण कुल ४ हजार ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ । भोटेकोसी-त्रिशूली करिडोरका ८ वटा सञ्चालित आयोजना (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन आयोजना (३८८ मेगावाट) क्षतिग्रस्त भएका छन् । हाल नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनः सुचारु गरिएको छ ।

सञ्चार सेवा ९५ प्रतिशत पुन:स्थापना भइसकेको छ भने सञ्चार पहुँच नभएका क्षेत्रमा ३० वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ । सडकतर्फ गल्छी-बेत्रावती-रसुवागढी सडक र पृथ्वी राजमार्गका विभिन्न खण्डमा ठुलो क्षति पुगेको छ । ४८ वटा झोलुंगे पुल र ३१ वटा मोटरयोग्य पुलमा क्षति पुगेकोमा हाल विभिन्न स्थानमा बेली ब्रिज जडान गर्ने कार्य भइरहेको छ । मुग्लिन-नारायणघाट सडकको कृष्णभीर खण्ड भदौभित्रै मर्मत गरिसक्ने सरकारको लक्ष्य छ ।

बाढीको पूर्वसूचना र सुरुङ (टनेल) उद्धारमा ढिलाइ भएको भनिएको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘यो विपद् पूर्वअनुमानभन्दा बाहिरको थियो । सूचना पाउनेबित्तिकै सुरक्षाकर्मी खटिएका थिए, उद्धारका क्रममा कतिपय सुरक्षाकर्मी आफैँ बेपत्ता हुनुभएको छ ।’

उनले टनेलमा बालुवा र लेदो भरिएका कारण उद्धार कार्य प्राविधिक रूपमा अत्यन्तै जटिल भएको र विज्ञहरूको सल्लाहअनुसार काम भइरहेको बताए। प्रधानमन्त्री शाहले विपद्को यस समयमा अहोरात्र खटिने सुरक्षाकर्मी, कर्मचारी र सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै प्रभावितहरूको दीर्घकालीन पुन:स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए ।

0 Comments