१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा मृतकको संख्या एक हजार २०४ पुग्यो, चार हजार २१६ सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट मृत्यु भएका एक हजार २०४ जनाको शव फेला परेको छ। बुधबार साँझ ६ बजेसम्मको विवरणअनुसार अझै चार हजार २१६ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३४८ शव भेटिएका छन्। पूर्वी नवलपरासीमा २१७, पश्चिम नवलपरासीमा २०२, नुवाकोटमा १५५ र रसुवामा ११५ शव फेला परेका छन्।

त्यस्तै, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ शव भेटिएको प्राधिकरणले जनाएको छ। आठ जिल्लामा फेला परेका शवको कुल संख्या एक हजार २०४ पुगेको हो।

सुरक्षाकर्मीसहित चार हजारभन्दा बढी बेपत्ता
सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १३ जना छन्। त्यस्तै, ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९०० मजदुर तथा कर्मचारी पनि सम्पर्कमा आउन सकेका छैनन्।

सरकारी कर्मचारी र जनप्रतिनिधि पनि सम्पर्कविहीन
सम्पर्कविहीन हुनेमा भन्सार कार्यालयका १४, राष्ट्रिय निकुञ्जका तीन, अध्यागमनका तीन र क्वारेन्टीन कार्यालयका तीन कर्मचारी छन्। सात जनप्रतिनिधि, स्थानीय तहमा कार्यरत ३२ कर्मचारी र एक निजी विद्यालयका शिक्षक पनि सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार रसुवामा नाम संकलन गरिएका ८६५ र नुवाकोटमा नाम सङ्कलन गरिएका एक हजार ५५८ जनाको अवस्था अझै खुल्न सकेको छैन।

प्राधिकरणले सार्वजनिक गरेको क्षेत्रगत तथा समूहगत विवरणको कुल योग चार हजार २१६ रहेको छ। खोज, उद्धार तथा शव पहिचानको काम जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या परिवर्तन हुन सक्नेछ।

0 Comments