१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध संकलन गर्ने डिडिसीको लक्ष्य’

अ+ अ-

चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय संकटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध संकलन गर्ने लक्ष्य लिएको छ ।

संस्थानले दूध लिएबापतको रकम किसानलाई नियमित रूपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध संकलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर संकलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब थप ८५ हजार लिटर वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।

संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले नियमित भुक्तानी व्यवस्थासहित दुग्ध किसानलाई विश्वासमा लिएर उत्पादन तथा बिक्री वितरणका दृष्टिले उपयुक्त स्थानको पहिचान गरी देशव्यापी रूपमा सञ्जाल विस्तार गरी लक्ष्य हासिल गर्ने योजना रहेको बताए।

देशका प्रधानमन्त्रीसहित नेपाल सरकारबाट डिडिसीको बजार प्रवर्द्धनमा अमूल्य योगदान भएकामा गर्व गर्दै महाप्रबन्धक डा पाण्डेले भने, “ प्रधानमन्त्रीले खुलेरै डिडिसीको महत्वसहित प्रचार गर्नुभएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ । अहिले परिस्थिति अनुकूल भएकाले स्पष्ट लक्ष्य–योजनासहित परिणाम देखिनेगरी काम गर्नुपर्ने दायित्व थपिएको छ । सरकार र आमउपभोक्ताको अपेक्षाअनुसार गुणस्तरीय उत्पादनसहित डिडिसीलाई आर्थिक रूपले सबल बनाउनेछौँ ।”   

सहकारी संयन्त्रमार्फत सीमित स्थानमा मात्र दूध संकलन हुँदै आएको र किसानले समयमै दूधको मूल्य नपाएको अवस्थालाई सम्बोधन गर्ने पक्षमा संस्थान रहेको स्पष्ट गर्दै पाण्डेले भने, “दूध उत्पादनका हिसाबले सम्भावना भएका स्थानमा आवश्यक पूर्वाधारको व्यवस्था गरी संकलन केन्द्र विस्तार गर्नेछौँ । यसअघिको बक्यौता छिट्टै फरफारक गरी नियमित रूपमा भुक्तानीको व्यवस्था सुनिश्चित गरी किसानको विश्वास जित्नेछौँ । मात्रात्मक एवं गुणात्मक दृष्टिले दूधको संकलन, उत्पादन तथा बिक्री वितरणमा जोड दिई लक्ष्य पूरा गर्नेछौँ ।”

संस्थाले किसानको बक्यौता घटाउनुका साथै दूध संकलन तथा बिक्रीदर बढेको भन्दै पछिल्ला दिनमा दुग्धजन्य वस्तुको मौज्दात घटाएको र नयाँ बजारसहित निर्यातका सम्भावना खोज्न थालेको उनले बताए। आफूले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन धुलो दूध (मिल्क पाउडर), ५०० टन बटर र १० टन पनिर मौज्दात रहेको जानकारी दिँदै त्यसलाई बजारीकरण गरेर मौज्दात घटाइएको उनले बताए ।

 महाप्रबन्धक डा. पाण्डेले भने, “चार महिनाअघि किसानलाई करिब रु ७२ करोड भुक्तानी दिन बाँकी थियो, डिडिसीका कुनै पनि उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने अवस्था थिएन । तर, अहिले बक्यौता रु २० करोडमा झरेको छ र उत्पादित वस्तु विदेशमा बिक्री वितरण भइरहेको छ, यसबाट अपेक्षा गरिएअनुसारको परिणाम दिन सकिन्छ भन्ने विश्वास लिएको छु ।”

यसैगरी, करिब ६०० धुलो दूधको मौज्दात घटेर करिब १२० टनमा झरेको, ५०० टन हाराहारीमा रहेको बटरको मौज्दात १२५ टन बाँकी रहेको र पछिल्लो तीन महिना १५ दिनभित्र संस्थानले करिब रु ७० करोड भुक्तानी गरिसकेको डा.पाण्डेले जानकारी दिए।  

डिडीसीले नियमित रूपमा दूध खरिद गरिरहेकाले भुक्तानी बाँकी रहने रकमलाई क्रमशः व्यवस्थापन गर्दै लैजाने उनको भनाइ छ । आफू महाप्रबन्धक हुँदा आठ महिनाको भुक्तानी बाँकी रहेकामा अहिले दुई महिनाको मात्र बाँकी रहेको उनले जानकारी दिए। उनले भने, “अब मासिक र त्यसपछि १५ दिनमा किसानलाई भुक्तानी दिने गरी काम गर्दैछौँ ।”

संस्थानले बजार विस्तारलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ । काठमाडौँमा यसअघि ‘डेडिकेटेड’ बिक्री काउन्टर नभएको भन्दै उनले अहिले डिडिसीका मात्रै १५ वटा डेडिकेटेड काउन्टर सञ्चालनमा ल्याइएको बताए । यसअघि दैनिक रु ५० देखि ६० लाख हाराहारीको कारोबार हुने गरेकामा अहिले करिब रु एक करोडको कारोबार हुन थालेको छ । दूध बिक्रीमा वृद्धि भएको उनले बताए । 

काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर अहिले ७२ हजार लिटर पुगेको छ । त्यस्तै, दैनिक दूध संकलन ५० हजार लिटर हाराहारीबाट बढेर ६५ हजार लिटर पुगेको छ ।

हाल दूध उत्पादनको तुलनामा औपचारिक बजारमा खपत कम हुने अवस्था रहेको छ । चाडपर्व तथा गर्मी मौसममा घरमै दूध, दही, खीरलगायतका परिकारमा बढी प्रयोग हुने भएकाले औपचारिक बजारमा दूधको खपत घट्ने गरेको उनको भनाइ छ ।

संस्थानले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्न थालेको भन्दै उनले खाडी मुलुकमा घ्यू निर्यात सुरु भइसकेको बताए। हालै ५०० किलो घ्यु दुबईमा निर्यात गरिएको र वार्षिक ५० हजार किलो घ्यु निर्यात गर्ने सम्झौता भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए। 

उनका अनुसार चिज र पेडाकोसमेत माग विदेशबाट आउन थालेको छ । दक्षिण कोरिया, मलेसिया र जापानमा डिडीसीका उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले जानकारी दिए।

उनले भने, “बजारको मागअनुसार नयाँ उत्पादन थप गर्ने तयारीमा हामी लागेका छौँ ।” हाल संस्थाले करिब २० प्रकारका उत्पादन गर्दै आएकामा ‘स्लाइस चिज’ लगायतका उत्पादन बजारमा ल्याउने तयारी भइरहेको छ ।

बजारमा यस्ता चिजको माग उच्च भए पनि हाल निजी क्षेत्र वा विदेशबाट आयात हुँदै आएको पाण्डेले बताए। मोफसलमा उत्पादन र बजार विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा उत्पादन गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाइएको छ । संस्थाको मुख्य समस्या कर्मचारी सङ्ख्या बढी हुनु र दूध संकलन तथा बजारबीच उचित तालमेल नहुनु रहेकाले यसलाई व्यवस्थापन गर्दै अघि बढेको उनले बताए। डिडिसीमा करिब ८०० कर्मचारीहरू छन् ।

डिडिसीमा हाल करिब रु एक अर्ब २६ करोड ऋण रहेको भन्दै उनले आगामी एक वर्ष छ महिनाभित्र ऋण तिर्ने लक्ष्यसहित काम अघि बढाएको बताए। डा. पाण्डेका अनुसार पछिल्लो अवधिमा मात्रै डिडिसीले करिब रु तीन करोड ऋण तिरेको छ । खर्च नियन्त्रण र वित्तीय अनुशासनमा सुधार ल्याउँदै संस्थालाई क्रमश:आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ ।

0 Comments