२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाको भोटेकोशी बाढी: १ हजार ३ सय ४२ को शव फेला

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताइन् । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् । 

अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उनले बताइन् । प्रवक्ता महतले बाढीले क्षति पुर्‍याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा समेत खोजी कार्य जारी रहेको बताइन् । उनका अनुसार हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली-३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोजी गरिरहेको छ । उनले नेपाल प्रहरीको श्रव्य दृश्य विज्ञ टोलीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको निरीक्षण, अवलोकन तथा विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको बताइन् ।

उनले भनिन्, ‘रसुवाको भोटेकोशी र त्रिशूली नदिमा बाढी आएको आज १२ दिन पुरा भएको छ । सरकारले विपद्पछिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । राज्यका सबै संयन्त्र, प्राविधिक र विशेषज्ञ विज्ञहरू आज पनि यस कार्यमा सक्रिय हुनुभयो । यस कार्यमा अन्तर्राष्ट्रिय विज्ञहरूले समेत सहयोग गरिरहनुभएको छ । खोज, उद्धार तथा राहत कार्यको समीक्षा गर्न आज दिउँसो भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीज्यू र माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठक सम्पन्न भएको छ । त्यसै गरी, विषयगत क्षेत्रका निकायहरू, क्लस्टर लिड र रसुवा बाढीपछिको खोज, उद्धार तथा राहत समन्वयको लागि गठित परिचालित टोलीको संयुक्त बैठक सम्पन्न भएको छ । आज पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा खोजी कार्य जारी रह्यो । त्रिशूली ३ एमा १६० मिटर, त्रिशूली ३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर चिलिमेमा १७० मिटर, अप्पर  त्रिशूली १ को टनेलसम्म पुगेर खोजी कार्य निरन्तर जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा खटिएको छ । पर्यटक प्रहरीले उद्धार भएर आएका पर्यटक तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजिकरणका लागि खटिएको छ । नेपाल प्रहरीको श्रव्य दृश्य विज्ञ टोली ड्रोनमार्फत बाढी प्रभावित खोला किनारहरूमा वस्तुस्थितिको बारेमा निरीक्षण, अवलोकन र विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको छ । यातायात व्यवस्थासम्बन्धमा पनि कामहरू भइरहेका छन् । यस दु:खद्  घटनामा ज्यान गुमाएका १ हजार ३ सय ४२ शव फेला परेका छन् । जसमध्ये ९८  वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको  डिएनए परीक्षणको कार्य समेत भइरहेको छ ।’

उनले बाढीमा बेपत्ता भएका तथा फेला परेका शवको पहिचानका लागि आफन्त तथा नातेदारको डिएनए परीक्षण भइरहेको समेत बताइन् । 

0 Comments