२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अद्यावधिक नभएका सदस्यलाई पनि १५ औँ महाधिवेशनमा सहभागी गराउने काँग्रेसको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रूपमा अद्यावधिक नभएका सदस्यहरूलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको जारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी महामन्त्री गुरुराज घिमिरेले पार्टीको विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत १५ औँ महाधिवेशनमा सहभागी गराउने तथा निष्पक्षता सुनिश्चित गर्नको लागि यस्तो निर्णय गरिएको बताए । 

महामन्त्री घिमिरेले विशेष महाधिवेशनमा सहभागी हुन नखोजेको समूहको महत्वपूर्ण माग पूरा गरेसँगै पार्टीभित्रको विवाद समाधान गर्न संस्थापन पक्ष लचिलो रहेको बताए ।

यसअघि पार्टीका नि:वर्तमान सभापति शेरबहादुर देउवा समूहले गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यलाई अद्यावधिकको बाध्यकारी प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै आएको थियो । 

महामन्त्री घिमिरेले गत पुसमा नवीकरण गरेका सदस्यहरूले समेत डिजिटल रूपमा अद्यावधिक गर्नुपर्ने भए पनि महाधिवेशनको प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय पार्टीले गरेको बताए ।

उनले भने, ‘केही समय अघिदेखि क्रियाशीलको विषय विवादको विषयजस्तो देखिएको थियो । अद्यावधिक गर्ने र नगर्ने भन्ने दुई थरी पक्ष विपक्षजस्तो थियो । र दुई खेमामा बाँडिएको थियो । र विशेष महाधिवेशनमा सहभागी नभएको पक्ष अर्थात् अद्यावधिको प्रक्रियामा सहभागी हुन्नौँ भनेर भनिरहेको पक्षको माग के थियो भने महाधिवेशनको निष्पक्षता र महाधिवेशनमा सर्वपक्षीय सहभागिताको सुनिश्चितता प्रत्याभूतिका लागि गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई अद्यावधिकको बाध्यकारी प्रक्रिया नअपनाउने सुविधा उपलब्ध गराउनुपर्‍यो भन्ने माग थियो । र हामीले अध्ययन गरेछि उहाँहरू पनि डिजिटलाइजेसनको प्रक्रियामा सामेल हुनुपर्छ । तर हाललाई महाधिवेशनकाने प्रक्रियाबाट रञ्जित नगर्ने निर्णय गर्‍यौँ ? उहाँहरूले पनि डिजिटलाइजेसनमा प्रोसेस गर्नुपर्छ । तर अहिले महाधिवेशनमा सहभागी हुने व्यवस्था हामीले गरेका छौँ । उहाँहरूको माग नै हो । यो पूरा गर्‍यौँ ? उहाँहरू (डा. शेखर कोइराला र पूर्णबहादुर खड्का(सँगको  वार्ता सकारात्मक भएको सभापतिज्यूले हामीलाई बताउनुभएको छ । अब उहाँहरूले  नि:वर्तमान सभापतिज्यूसँग पनि कुरा गर्ने भनेर उहाँहरूसँग भन्नुभएको रहेछ । सम्भवतः हामीले उहाँहरूको एक चरणको माग सम्बोधन गरेका छौँ । अब बाँकी कुरा कहाँ पुग्यो ? उहाँहरूले जानकारी गराउनुहुन्छ ।’

उनकाअनुसार बैठकमा सभापति गगनकुमार थापाले आइतबार डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग भएको वार्ता सकारात्मक रहेको जानकारी गराएका थिए।

0 Comments