काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार बौद्धनाथ स्तुपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सहभागी हुँदै मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले देश अहिले एक गहिरो प्राकृतिक विपत्ति र संकटको घडीबाट गुज्रिरहेको उल्लेख गरे । उनले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिए । साथै, बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा प्रभावितहरूको पुनर्स्थापनामा सरकार गम्भीरतापूर्वक लागी परेको उनले प्रष्ट पारे।
उक्त शोक समारोहमा मन्त्री श्रेष्ठले बाढीमा परी जीवन गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
सरकारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरुप उक्त घटना भएको तेह्रौँ दिनको पुण्य तिथिका दिन आज राष्ट्रिय शोक मनाइरहेको छ ।






