२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा आज ८१ जनाको हवाई उद्धार, हालसम्म उद्धार हुनेको संख्या ४०८१ पुग्यो

नेपाली सेनाले मंगलबार साँझ ७ बजेसम्म ८१ जनाको हवाई उद्धार गरेको छ। विभिन्न प्रभावित क्षेत्रमा हालसम्म ४०८१ जनाको हवाई उद्धार हुँदा ३४८८ जनाले स्वास्थ्य सेवा पाएका छन्।

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट मंगलबार साँझ ७ बजेसम्म ८१ जनाको हवाई उद्धार गरेको छ। यससँगै हवाई साधनमार्फत उद्धार गरिएकाको कुल संख्या ४०८१ पुगेको छ।

नेपाली सेनाले सार्वजनिक गरेको २०८३ भदौ २३ गते साँझ ७ बजेसम्मको खोज तथा उद्धार विवरणअनुसार हालसम्म उद्धार गरिएकामध्ये ३७९८ जना स्वदेशी र २८३ जना विदेशी छन्।

भोटेकोशीको केबल टनेलमा एक शव फेला
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाको ‘कम्पोजिट क्विक रियाक्सन टिम’ र आयोजनाका प्रतिनिधिसहितको टोली पावर हाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरिरहेको छ।

संयुक्त टोलीले रसुवाको भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला पारेको सेनाले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी भइरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

चिलिमे टनेलमा ११५ मिटरसम्म प्रवेश
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठुला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार गरेको छ।

स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म ‘हेभी इक्विपमेन्ट’ लैजान सडकमा रहेको ठुलो ढुङ्गा ब्लास्टिङ गरी हटाइएको छ। ‘मेजर रक’सम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको सेनाले जनाएको छ।

विन्च मेसिन र बकेटबाट भग्नावशेष हटाउने काम भइरहेको छ। संयुक्त टोली टनेलको ११५ मिटरसम्म प्रवेश गरेर खोजी गर्दा केही फेला परेको छैन।

माथिल्लो त्रिशूली-१ मा चार सय मिटरसम्म खोजी
माथिल्लो त्रिशूली-१ मा विदेशीसहितको संयुक्त टोली मुख्य प्रवेश टनेलको करिब चार सय मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ। त्यहाँ पनि अहिलेसम्म केही फेला परेको छैन।

त्रिशूली-३ ‘ए’को पावर हाउस तथा टनेलमा नेपाली सेनाका ३४ जना, सशस्त्र प्रहरी बलका चार जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। उक्त स्थानमा पनि केही फेला नपरेको सेनाले जनाएको छ।

त्रिशूली-३ ‘बी’मा नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीनवटा एक्साभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गरेको छ। आयोजनाको कार्यालय तथा आवास गृह क्षेत्रमा केही फेला नपरे पनि खोजी कार्य जारी छ।

तादी नदीमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम तीव्र रूपमा गरिरहेको छ।

बाढीबाट क्षतिग्रस्त भएकामध्ये मर्मतयोग्य पाँचवटा झोलुङ्गे पुलको मर्मत भइरहेको छ। बाँकी १५ वटा झोलुङ्गे पुल मर्मतको तयारी भइरहेको सेनाले जनाएको छ।

नेपाली सेनाका इन्जिनियरको परामर्शमा ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणको कामसमेत सुरु भएको छ।

नौ हजारभन्दा बढी सैनिक प्रत्यक्ष परिचालित
प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेँसीसम्म पैदल गस्तीमार्फत खोज तथा उद्धार भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३४८८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजारभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्।

सेनाले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेको जनाएको छ।

0 Comments