२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् पुनर्स्थापनाबारे एमाले केन्द्रीय समितिमा बहस हुने

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले जेन जेड आन्दोलनपछिको परिस्थितिमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको विषय पार्टीको आगामी केन्द्रीय समिति बैठकमा छलफलका लागि प्रस्तुत हुने बताएका छन्।

गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकमा संसद् पुनर्स्थापनासहित समसामयिक राजनीतिक विषयमा पार्टीभित्र बहस हुने बताएका हुन्।

उनका अनुसार विगतका राजनीतिक परिवर्तनका क्रममा समेत संसद् पुनर्स्थापनाको प्रक्रियालाई राजनीतिक निकासका रूपमा स्वीकार गरिएको थियो। प्रतिगमन सच्याउने उद्देश्यले अघिल्लो संसद् पुनर्स्थापनालाई पनि सम्भावित राजनीतिक कदमका रूपमा पार्टीभित्र छलफल गर्न सकिने उनको भनाइ थियो।

बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै यसलाई पार्टीभित्र बहसको विषय बनाउन कुनै कारणले रोक्न नहुने धारणा राखे।

उनले वर्तमान बालेन सरकार लामो समयसम्म कायम रहे मुलुकले थप क्षति व्यहोर्नुपर्ने दाबीसमेत गरे। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएपछि सरकार प्रमुखले पदबाट राजीनामा दिनुपर्ने उनको सुझाव थियो।

राजीनामा नदिइए जनआक्रोश थप बढ्न सक्ने चेतावनी दिँदै बस्नेतले भदौ २३ र २४ गतेजस्तै आन्दोलनको परिस्थिति दोहोरिन सक्ने दाबी गरे। त्यस्तो आन्दोलनको एजेन्डामा संसद् पुनर्स्थापनालगायतका राजनीतिक विषयसमेत समावेश हुन सक्ने उनको भनाइ थियो।

यसैबीच, बस्नेतले एमालेभित्र पुनर्गठनको नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रयास सफल नहुने जिकिर गरे। आगामी केन्द्रीय समिति बैठकपछि ओलीकै नेतृत्वमा पार्टी थप एकताबद्ध भएर अघि बढ्ने उनको दाबी थियो।

0 Comments