२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमद्वारा विपद् उद्धार कोषमा १० करोड हस्तान्तरण, कर्मचारीबाट दुई करोडभन्दा बढी सहयोग

भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरिन्।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीसमेत सहभागी थिए।

कर्मचारीबाट दुई करोडभन्दा बढी सहयोग
यसअघि नेपाल टेलिकमका कर्मचारीका तर्फबाट दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको थियो। कर्मचारीले संकलन गरेको उक्त रकमको चेक पनि अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ।

कम्पनी र कर्मचारीका तर्फबाट गरी कोषमा कुल १२ करोड दुई लाख २६ हजार ६६ रुपैयाँ उपलब्ध भएको छ।

६ करोड बराबरको नि:शुल्क सञ्चार सुविधा
नेपाल टेलिकमले बाढीपछि प्रभावित क्षेत्रका सेवाग्राहीलाई ६ करोड रुपैयाँ बराबरको नि:शुल्क कल, डेटा र एसएमएस सुविधासमेत उपलब्ध गराएको जनाएको छ।

कोषमा हस्तान्तरण गरिएको रकम र नि:शुल्क सञ्चार सुविधासहित विपद् प्रभावितका लागि कम्पनी तथा कर्मचारीबाट भएको सहयोगको मूल्य १८ करोड दुई लाख २६ हजार ६६ रुपैयाँ पुगेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

नेपाल टेलिकमले विपद्का समयमा सञ्चार सेवा निरन्तर सञ्चालन गर्नुका साथै राहत, उद्धार र पुनर्स्थापनाका काममा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

0 Comments