२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदभार सम्हाल्न पुगेका मन्त्रीले सचिवलाई नै खादा ओढाए, भने- ‘सबै कर्मचारीलाई सम्मान गरेको हुँ’

अघिल्लो दिन निवर्तमान उद्योगमन्त्रीले कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी थिइन्। भोलिपल्ट जिम्मेवारी सम्हालेका दीपक कुमार साहले भने सचिवलाई खादा ओढाएर सम्पूर्ण कर्मचारीप्रति सम्मान व्यक्त गर्दै विगतका काम बुझेर अघि बढ्ने बताएका छन्।

अ+ अ-

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले पदभार ग्रहणको सुरुवातमै मन्त्रालयका कर्मचारीप्रति सम्मान प्रकट गर्न फरक शैली अपनाएका छन्। मन्त्रालयको राजनीतिक नेतृत्व सम्हाल्न पुगेका साहले सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई खादा ओढाउँदै उनीमार्फत मन्त्रालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सम्मान गरेको बताएका हुन्।

सामान्यतः नयाँ मन्त्री मन्त्रालय पुग्दा सचिवसहित उच्च अधिकारी र कर्मचारीले स्वागत तथा सम्मान गर्ने अभ्यास देखिन्छ। तर बिहीबार मन्त्रालयमा भने मन्त्री साह स्वयंले प्रशासनिक नेतृत्वमा रहेका सचिव दुवाडीलाई खादा ओढाए।

यसलाई उनले सचिवको मात्रै नभई मन्त्रालयमा कार्यरत सम्पूर्ण कर्मचारीप्रतिको सम्मानका रूपमा अर्थ्याए।

“यो मन्त्रालयमा काम गर्ने जति साथीहरू हुनुहुन्छ, उहाँहरूको सम्मानका लागि मैले सचिवज्यूमार्फत जम्मैलाई सम्मान पनि गरेको छु,” साहले पदभार ग्रहणका क्रममा भने।

मन्त्रीले पदभार ग्रहणका क्रममा कार्यकक्षमै सचिवलाई खादा ओढाएर उनीमार्फत सम्पूर्ण कर्मचारीप्रति सम्मान प्रकट गरेको यस्तो दृश्य भने सामान्य अभ्यासभन्दा फरक देखिएको छ। यस प्रकृतिको अभ्यास यसअघि भएको सार्वजनिक अभिलेख सहजै भेटिँदैन।

विगत बुझेर मात्रै नयाँ कार्यक्रम
पदभार ग्रहणसँगै मन्त्री साहले तत्काल नयाँ घोषणा वा कार्यक्रम सार्वजनिक गर्नुभन्दा मन्त्रालयमा यसअघि भएका कामको जानकारी लिएर अघि बढ्ने बताएका छन्।

उनले निवर्तमान मन्त्रीसँग समेत विस्तृत छलफल गर्ने इच्छा व्यक्त गर्दै त्यसका लागि भेटको व्यवस्था मिलाउन सचिव दुवाडीलाई आग्रह गरे।

“पहिला कुनै कुरा गर्नुभन्दा पहिला पास्टमा के–के भइसकेको छ, त्यसको जानकारी लिएर गर्‍यो भने अझै सान्दर्भिक हुन्छ,” उनले भने।

साहले निवर्तमान मन्त्रीसँग केही घण्टा ‘घनीभूत छलफल’ गर्न चाहेको बताए। त्यसपछि मात्रै मन्त्रालयका आगामी कार्यक्रम अगाडि बढाउने उनको भनाइ थियो।

उनले भने, “पहिलाको जुन हाम्रो माननीय मन्त्रीज्यू हुनुहुन्थ्यो, उहाँसँग अहिले म अलिकति घनीभूत छलफल गर्छु। उहाँसँग एकचोटि भेट्ने मौका मिलाउन सचिवलाई आग्रह गर्छु। उहाँसँग बसेर दुई-चार घण्टा घनीभूत छलफलपछि हामी कार्यक्रमहरू अगाडि बढाउँछौँ।”

नवनियुक्त मन्त्रीको उक्त अभिव्यक्तिले अघिल्लो नेतृत्वका काम र अनुभव बुझेर मन्त्रालयको आगामी कार्यदिशा तय गर्ने उनको प्रारम्भिक सोच देखाएको छ।

अघिल्लो दिन कर्मचारीतन्त्रमाथि असन्तुष्टि, भोलिपल्ट नयाँ मन्त्रीबाट सम्मान
मन्त्रालयमा बिहीबार देखिएको दृश्य अघिल्लो दिन निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले कर्मचारीतन्त्रबारे दिएको अभिव्यक्तिको सन्दर्भमा पनि अर्थपूर्ण बनेको छ।

बुधबार प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यादवले औद्योगिक वातावरण निर्माणका लागि कानुन तर्जुमा तथा संशोधन गर्न खोज्दा कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी थिइन्।

प्रशासनले बुधबार प्रकाशित गरेको समाचारअनुसार यादवले उद्योगीको हित र उत्पादन प्रवर्द्धनका लागि नियम तथा कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीबाट ‘मिल्दैन’ भन्ने जवाफ आउने गरेको बताएकी थिइन्। उनले विशेषगरी ग्यास उद्योगसम्बन्धी कानुन निर्माण तथा संशोधनमा आवश्यक प्रशासनिक सहयोग नपाएको धारणा राखेकी थिइन्।

यादवले विद्यमान कानुन र प्रशासनिक प्रक्रियाले उद्योग स्थापना तथा सञ्चालन सहज बनाउन नसकेको र सुधारको प्रयासमा कर्मचारीतन्त्र अपेक्षाअनुसार सहयोगी नबनेको आरोपसमेत लगाएकी थिइन्।

त्यही बैठकमा उनले ग्यास आपूर्तिमा निजी उद्योगबाट अपेक्षित सहयोग नपाइएको भन्दै नेपाल आयल निगम मातहत छुट्टै ग्यास उद्योग स्थापना गर्नुपर्ने प्रस्तावसमेत गरेकी थिइन्। देशमा बढीमा दुईवटा ग्यास उद्योग आवश्यक रहेको उनको भनाइ थियो।

हिजो असन्तुष्टि जनाएकी यादव आज बाहिरिइन्
कर्मचारीतन्त्रको कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएकी यादवले त्यसको भोलिपल्ट अर्थात् बिहीबार उद्योगमन्त्रीको पदबाट राजीनामा दिएकी छन्।

पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या तथा बुधबार संसदीय समितिमा उनले दिएका केही अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको थियो।

यसरी एक दिनअघि मन्त्रालयको प्रशासनिक संयन्त्रबाट अपेक्षित सहयोग नपाएको सार्वजनिक गुनासो गरेकी मन्त्री बाहिरिएको भोलिपल्टै मन्त्रालयको जिम्मेवारी सम्हालेका साहले भने सचिवलाई खादा ओढाएर कर्मचारीप्रति सम्मान व्यक्त गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन्।

तर साहले निवर्तमान मन्त्रीको अभिव्यक्तिमाथि कुनै टिप्पणी गरेका छैनन्। बरु उनले अघिल्लो नेतृत्वले गरेका काम र अनुभवबारे जानकारी लिएर मात्रै आगामी कार्यक्रम निर्धारण गर्ने बताएका छन्।

‘राष्ट्र पहिलो’ भन्दै कर्मचारीको सहयोग खोजे
साहले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कर्मचारीलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण साझेदारका रूपमा प्रस्तुत गरेका छन्।

उनले मन्त्रालयका कर्मचारीप्रति आभार व्यक्त गर्दै उनीहरूको सहयोगमा काम अघि बढाउने बताए।

“यो मन्त्रालयलगायत सम्पूर्ण मन्त्रालयका साथीहरू, कर्मचारीप्रति पनि आभारी छु। उहाँहरूको सहयोगमा ‘राष्ट्र पहिलो’ भन्ने नाराका साथ हामी काम गर्छौँ, अगाडि बढ्छौँ,” उनले भने।

उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का नागरिकसहित सम्पूर्ण नेपालीप्रति नतमस्तक रहेको उल्लेख गर्दै पार्टी सभापति तथा प्रधानमन्त्रीप्रति पनि धन्यवाद र आभार व्यक्त गरे।

साह सुनसरी–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन विवरणअनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।

सचिव दुवाडी दुई महिनाअघि मात्रै उद्योगमा
मन्त्री साहले कर्मचारीको प्रतिनिधिका रूपमा सम्मान गरेका सचिव नारायणप्रसाद शर्मा दुवाडी उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्वमा धेरै पुराना भने होइनन्।

सरकारले गत असार अन्त्यतिर गरेको सचिव सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा ल्याएको थियो।

बुधबार मात्रै संसदीय समितिमा सचिव दुवाडीले चाडपर्वका लागि साढे आठ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया तथा ग्यास आपूर्ति व्यवस्थापनबारे जानकारी दिएका थिए। उनले उपभोक्तालाई भनिएको समयमै ग्यास उपलब्ध गराउने गरी मन्त्रालयले काम गरिरहेको बताएका थिए।

त्यसको भोलिपल्ट मन्त्रालयको राजनीतिक नेतृत्व फेरिँदा उनै सचिव दुवाडीलाई नवनियुक्त मन्त्री साहले खादा ओढाएर सम्मान गरेका हुन्।

मन्त्री साहले सचिवलाई खादा ओढाएर व्यक्त गरेको सम्मानलाई उनको कर्मचारीप्रतिको सहकार्यको सन्देशका रूपमा बुझ्ने कि यसको कुनै फरक अर्थ छ भन्ने कुरा आगामी कार्यशैलीले नै स्पष्ट पार्नेछ। यद्यपि कार्यकालको सुरुवातमै उनले कर्मचारीको सम्मान र सहयोगलाई प्राथमिकताका साथ उल्लेख गरेका छन्।

राजनीतिक नेतृत्वले नीति र प्राथमिकता निर्धारण गरे पनि त्यसलाई कार्यान्वयन गर्ने स्थायी संयन्त्र कर्मचारी प्रशासन नै हो। त्यस अर्थमा मन्त्री र कर्मचारीबीचको विश्वास, सम्मान र सहकार्य मन्त्रालयको कार्यसम्पादनसँग प्रत्यक्ष जोडिने विषय हो। साहले सुरुवातमा दिएको यो सन्देश व्यवहारमा कसरी रूपान्तरण हुन्छ, त्यसको परीक्षण भने आगामी दिनमा हुने नै छ।

0 Comments