२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाले गर्‍यो हवाई माध्यमबाट हालसम्म ४१३७ जनाको उद्धार, प्रभावित क्षेत्रमा साढे आठ हजारभन्दा बढी सैनिक परिचालित

बाढी प्रभावित क्षेत्रबाट हालसम्म चार हजार १३७ जनाको हवाई उद्धार गरिएको छ भने जलविद्युत् आयोजनाका टनेल तथा रसुवा-नुवाकोटका विभिन्न क्षेत्रमा खोजी कार्य जारी छ।

अ+ अ-

काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म चार हजार १३७ जनाको उद्धार गरेको छ।

नेपाली सेनाले शुक्रबार साँझ साढे ५ बजेसम्म सार्वजनिक गरेको खोज तथा उद्धार विवरण अनुसार उद्धार गरिएकामध्ये तीन हजार ८५४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्। शुक्रबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।

जलविद्युत् आयोजनाका टनेलमा खोजी जारी
रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ। लाङटाङ हाइड्रोको टनेलभित्र नेपाली सेनाको टोली परिचालित छ।

चिलिमे हाइड्रोमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। टनेलसम्म ठूला उपकरण लैजान आवश्यक सडक निर्माण सम्पन्न गरी थप खोजी कार्य तीव्र पारिएको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको हाकुबेँसीस्थित अडिट-१ टनेलमा सेनाको टोलीले करिब २०० मिटर क्षेत्रसम्म ड्रोनमार्फत रेकी गरेर खोजी गरिरहेको छ। उक्त क्षेत्रमा हालसम्म केही फेला नपरेको जनाइएको छ।

त्यसै गरी, त्रिशूली-३ ‘ए’ को विद्युत् गृह तथा टनेल क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली-३ ‘बी’ मा पनि संयुक्त टोलीबाट खोजी कार्य जारी छ।

नदीपारिका क्षेत्रमा पैदल गस्ती
रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारलाई पनि निरन्तरता दिइएको छ। त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ र सामरी भञ्ज्याङलगायत स्थानमा सैनिक टोलीले पैदल गस्ती गर्दै खोजी गरिरहेको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै पूर्वी नवलपरासीसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायत काम सम्बन्धित निकायसँगको समन्वयमा गरिरहेका छन्।

स्वास्थ्य सेवाबाट तीन हजार ६६५ लाभान्वित
स्याफ्रुबेँसी होल्डिङ सेन्टरमा बाढी प्रभावितलाई स्वास्थ्य सेवा दिन सञ्चालन गरिएको शिविरबाट ५४ जना लाभान्वित भएका छन्।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट शुक्रबार थप ८५ जनाले स्वास्थ्य सेवा लिएका छन्। यी केन्द्र तथा टोलीबाट हालसम्म तीन हजार ६६५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ

0 Comments