२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दु:खद्’ : डाँगी

अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

इप्पानले आयोजना गरेको कार्यक्रममा डाँगीले मुलुकलाई समृद्ध बनाउने आधारका रूपमा निजी क्षेत्रले जलविद्युतमा ठूलो लगानी गरिरहेका बेला आयोजना निर्माणप्रति नै प्रश्न उठ्ने अवस्था सिर्जना हुनु दु:खद् भएको बताएका हुन् ।

जलविद्युत्बाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विश्वासका साथ निजी क्षेत्रका सात–आठ सय कम्पनी यस क्षेत्रमा संलग्न रहेको उल्लेख गर्दै डाँगीले अहिले आयोजना निर्माणप्रति नै अन्योल सिर्जना हुनु गम्भीर विषय भएको बताए । उनले जलविद्युत विकासको आवश्यकता र यसबाट मुलुकले प्राप्त गर्न सक्ने आर्थिक लाभलाई तथ्य र प्रमाणका आधारमा स्थापित गर्नुपर्नेमा जोड दिए।

डाँगीले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा गर्न सकिने बताए। जलविद्युत क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र वित्तीय क्षमताका आधारमा सरकारले निर्धारण गरेको उत्पादन लक्ष्य हासिल गर्न सकिने बताए । 

डाँगीकाअनुसार हालसम्म सम्पन्न भएका करिव ४ हजार ३ सय मेगावाटका आयोजनामध्ये झन्डै ३ हजार ५ सय मेगावाट निजी क्षेत्रका आयोजना छन् । त्यस्तै करिव ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् । नेपालमा जलविद्युत विकासको सुरुवाती चरणमा साना आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन गर्न कठिन हुने गरेको स्मरण गर्दै उनले अहिले नेपाली वित्तीय स्रोतबाटै ४ सय ४० मेगावाटसम्मका आयोजनाको वित्तीय व्यवस्थापन हुन थालेको बताए । निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाबाट करिव १० हजार ५ सय मेगावाट विद्युत् उत्पादनको आधार तयार भइसकेको भन्दै डाँगीले बाँकी २० हजार मेगावाट उत्पादन गर्न निजी क्षेत्रको ठूलो समूह सक्रिय रहेको बताए । उनकाअनुसार हाल जलविद्युत क्षेत्रमा करिव ५८ वटा ठूला समूहले लगानी तथा योगदान गरिरहेका छन् । ती समूहले आगामी १० वर्षमा औसत चार–पाँच सय मेगावाट क्षमताका आयोजना निर्माण गर्नसके मात्रै पनि थप २० हजार मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । 

अध्यक्ष डाँगीले भने, ‘ पूर्ववर्ती सरकारले पनि २८ हजार ५०० मेगावाटको लक्ष्य राखेको थियो । वर्तमान सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न सकिने आधार पर्याप्त छन् । अहिले करिव ४ हजार ३०० मेगावाटका आयोजना निर्माण सम्पन्न भइसकेका छन्, जसमध्ये ठूलो हिस्सा निजी क्षेत्रको छ । करिब ६ हजार ४०० मेगावाटका आयोजना निर्माणाधीन छन् । हिजो १–२ मेगावाटका आयोजनाका लागि समेत वित्तीय स्रोत जुटाउन कठिन थियो, तर अहिले ४४० मेगावाटसम्मका आयोजनाको वित्तीय व्यवस्थापन नेपाली पुँजीबाटै हुन थालेको छ । निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाबाट करिव १० हजार ५०० मेगावाट पुगिसकेको अवस्थामा बाँकी २० हजार मेगावाट उत्पादन गर्न निजी क्षेत्रका समूहहरूले सक्रिय रूपमा काम गर्ने हो भने १० वर्षमा ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न सकिन्छ । विद्युत् उत्पादन र खपत बढाउनु देशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण छ । हाल प्रतिव्यक्ति विद्युत् खपत करिव ४८० किलोवाट घण्टा छ । यसलाई उल्लेख्य रूपमा बढाउन सके आर्थिक गतिविधि र आर्थिक वृद्धिमा पनि ठूलो योगदान पुग्नेछ । त्यसैगरी, ५ हजार मेगावाट बंगलादेश र १० हजार मेगावाट भारतमा विद्युत् निर्यात गर्ने लक्ष्य छ । अहिलेको औसत मूल्यका आधारमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सके वार्षिक ठूलो विदेशी मुद्रा आम्दानी गर्न सकिन्छ । त्यसैले जलविद्युत विकास रोक्ने होइन, अझ तिब्र बनाउनुपर्छ । आज ‘अब जलविद्युत आयोजना बनाउने हो र रु’ भन्ने प्रश्न उठ्नु दु:खद् हो । देशको समृद्धिको आधार बन्न सक्ने जलविद्युत् क्षेत्रप्रति देखिएको यस्तो निराशा चिर्न सबै पक्ष मिलेर काम गर्न आवश्यक छ ।’

डाँगीले विद्युत् उत्पादन बढेसँगै नेपालको प्रतिव्यक्ति विद्युत् खपत पनि उल्लेख्य रूपमा बढाउनुपर्ने बताए । हाल प्रतिव्यक्ति विद्युत् खपत करिव ४८० किलोवाट घण्टा रहेको उल्लेख गर्दै उनले आर्थिक वृद्धिका लागि विद्युत् खपतलाई करिव तीन गुणाले बढाएर प्रतिव्यक्ति १ हजार ५ सय किलोवाट घण्टाको हाराहारीमा पुर्‍याउनुपर्ने बताए । उनले विद्युत् निर्यातबाट पनि मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने दाबी गरे।

सरकारले बंगलादेशमा ५ हजार मेगावाट र भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको उल्लेख गर्दै डाँगीले उक्त लक्ष्य हासिल गर्न सके नेपालले ठूलो विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए। 

उनकाअनुसार हाल करिव १२ हजार मेगावाट क्षमताका आयोजनाबाट विद्युत् निर्यात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको आम्दानी भएको छ । यही अनुपातलाई आधार मान्दा १५ हजार मेगावाट विद्युत् निर्यात गर्नसके हालकै मूल्यमा पनि करिव ३ सय ६६ अर्ब रुपैयाँ मुलुकमा भित्र्याउन  सकिने उनले बताए । विद्युत् खपत तीन गुणाले बढाउने र ठूलो परिमाणमा विद्युत् निर्यात गर्न सक्ने अवस्था बने मुलुकको अर्थतन्त्रलाई समृद्धिको बाटोमा अघि बढाउन सकिने डाँगीको भनाइ छ । 

0 Comments