२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्छ’ : अध्यक्ष घिसिङ

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाढीले क्षति पुगेका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाका लगानीकर्तारुलाई प्रोत्साहन गर्न भन्सार छुट तथा सहुलियतसहित प्याकेज ल्याउनुपर्ने बताए । उनले अगामी दिनमा सुरुङ तथा पावरहाउसहरुमा सुरक्षाको विषयलाई पनि गम्भीर रूपमा हेर्नुपर्ने बताए। उनले विपद्को समयमा कर्मचारीहरू सुरुङ तथा पावरहाउसबाट सजिलै निस्कन मिल्नेगरी आपतकालीन निकासद्वार समेत बनाउनुपर्नेमा जोड दिए । 

उनले बाढीपछिको प्रतिकार्यमा ऊर्जा मन्त्रालयको भुमिकामाथि पनि प्रश्न उठाए । ऊर्जा मन्त्रालयले आफ्नो नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको महसुस भएको उनको भनाइ छ । जलविद्युत् आयोजनाको उद्धार लगायतका काममा मन्त्रालयले अपेक्षित रूपमा पहल गर्न घिसिङ बताए ।

उनले भने, ‘लगानीकर्ताको  मनोबल बढाउनको लागि पनि सरकारले भोटेकोशीर–त्रिशूली करिडोरमा एउटा स्पेसियल प्याकेज घोषणा गर्नुपर्छ । यो कुरा मैले पिएमलाई भेटेर पनि गरेको थिएँ । यसको लागि नीतिगत, भन्सार र सहुलियतका कुरामा के–के दिन सकिन्छ ? यो विषय हेर्नुपर्छ । ऊर्जा मन्त्रालयको काम के हो त ? ऊर्जा मन्त्रालयले केही गरेको छैन भनेर त भन्दिनँ । ऊर्जा मन्त्रालयले यो विपद्मा केही गरेको छैन भनेर मैले भनेको छैन । ऊर्जा मन्त्रालयले एउटा लिड रोल लिएर हाइड्रो पावरको रेस्क्युदेखि लिएर सबै ठाउँमा पुस गर्ने रोल थियो । उहाँहरूले कति गर्नुभयो । तर ऊर्जा मन्त्रालयले त्यति ठूलो इनिसियटिभ गरेको मलाई चाहिँ लागेको छैन । ऊर्जा मन्त्रालयले यो विपद्मा जति भूमिका निर्वाह गर्नुपर्थ्यो त्यति भयो कि भएन भन्ने एउटा कोइसनमार्क चाहिँ छ ।’

उनले जलविद्युतको आयोजना तथा ऊर्जा क्षेत्रको विस्तार र विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । 

0 Comments