२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा नेपाललाई पुल सहयोग

अ+ अ-

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ । 

७०-७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन् ।  गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो ।

पुल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम सचिव सिंहले नेपालका लागि बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रि–फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताए । पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत तथा सामान ढुवानीमा सहज हुने उनको भनाइ छ । उनले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्ध तथा साझेदारीको प्रतीकका रूपमा समेत यी सहयोगलाई लिन सकिने बताउनु भयो । 

मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का बेला छिमेकीको सहयोग महत्त्वपूर्ण हुने भन्दै भारत सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीबाट रसुवा–नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउनसमेत समस्या भइरहेको अवस्थामा ७० मिटर लामो पुलले आवागमन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

बाढीका कारण देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको भन्दै सांसद गौतमले थप पुलका लागि नेपाल सरकारले भारत सरकारसँग आग्रह गरिएको जानकारी दिए ।  तत्काल आवश्यक रहेका क्षेत्रमा थप पुल उपलब्ध गराउन सरकार स्तरबाट द्विपक्षीय छलफल भइरहेको समेत उनले बताए । विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको स्मरण गर्दै गौतमले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए । 

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव प्रसाद काफ्ले लगायतको उपस्थिति थियो । 

0 Comments