२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने- ‘देशलाई खाली हात फर्काउन हुँदैन भन्ने अडान थियो’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भदौ २७ गते देश गम्भीर राजनीतिक अन्योल र शक्ति रिक्तताको अवस्थाबाट गुज्रिरहेको स्मरण गर्दै त्यसबेला आफूले देशलाई निकास दिन सक्दो भूमिका निर्वाह गरेको बताएका छन्।

भदौ २७ लाई ‘ऐतिहासिक दिन’का रूपमा स्मरण गर्दै गुरुङले सामाजिक सञ्जालमार्फत तत्कालीन राजनीतिक नेतृत्वप्रति नागरिकमा बढेको अविश्वास, देशको अवस्थाप्रतिको चिन्ता र नयाँ नेतृत्व चयनमा देखिएको अन्योलका बीच आफू पनि जिम्मेवारीको मोडमा पुगेको उल्लेख गरेका छन्।

उनका अनुसार भदौ २३ पछिको अवस्था सामान्य थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर भइसकेको र पुरानो नेतृत्व स्वीकार गर्ने अवस्था नरहेको भए पनि नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटो थिएन। यही परिस्थितिमा देश कता जाने र कसले निकास दिने भन्ने प्रश्नमा नागरिकको ध्यान केन्द्रित भएको उनले बताएका छन्।

‘राजनीतिक अन्योलता र पावर भ्याकुम’को अवस्था लामो समय कायम रहनु देशका लागि उचित नहुने धारणा राख्दै गुरुङले एक नागरिकका रूपमा आफ्नो प्राथमिकता राज्य सञ्चालनमा निरन्तरता र देशलाई निकास दिनु रहेको बताएका छन्।

उनले भदौ २३ को घटनाले मुलुकलाई सामान्य राजनीतिक परिस्थितिभन्दा निकै फरक अवस्थामा पुर्‍याएको उल्लेख गर्दै इतिहासका कठिन मोडमा उपलब्ध सबै विकल्प पूर्ण नहुने भए पनि देशलाई अनिश्चिततामा छाड्न नहुने बताएका छन्।

गुरुङले भदौ २७ गते आफूले पनि देशलाई निकास दिने प्रक्रियामा जिम्मेवारी पाएको स्मरण गरेका छन्। राष्ट्रपति कार्यालय पुग्दाको अवस्थाबारे उल्लेख गर्दै उनले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको तथा लामो समयदेखि पानी र खाना नखाएको बताएका छन्।

उनका अनुसार करिब नौ घण्टाको प्रतीक्षाका क्रममा अन्योल भए पनि देशलाई खाली हात फर्काउन नहुने अडानमा आफू कायम थिए। बाहिर सिंगो देशले निकासको प्रतीक्षा गरिरहेको उनको भनाइ छ।

अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएपछि आफूले ठुलो जिम्मेवारीबाट हलुका भएको अनुभूति गरेको गुरुङले बताएका छन्। त्यसबेला देशले निकास पाएको महसुस भएको उनको भनाइ छ।

गुरुङले उक्त परिस्थिति कुनै एक व्यक्तिको प्रयासबाट मात्र नभई हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, विभिन्न व्यक्तिको प्रयास तथा देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट निर्माण भएको बताएका छन्।

‘मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ,’ गुरुङले भनेका छन्। भदौ २७ सम्झिँदा अहिले पनि कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता व्यक्त गर्ने गरेको उनले बताएका छन्।

0 Comments