३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ । ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिला जन ठुलो सङ्ख्यामा पूजा अर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो ।

प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ ।

मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदा स्थलसमेत सरसफाइ, रङरोगन, सडक बत्ती व्यवस्थापन गरेको छ ।

पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ । पूजा अर्चना र दर्शका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि नि:शुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएको वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिए ।

उनका अनुसार दर्शनका लागि बिहान सबेरै देखिनै मन्दिर खुला गरिएको तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसहित खटाइएको छ ।

मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष व्यवस्था गरी वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

0 Comments