३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

अ+ अ-

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलवार दिउँसो करिव २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको हो ।

 दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये गाडीका चालकसमेत रहेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको तथा एक महिलालाई हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा ट्राफिकसहित २१ जनाको टोली घटनास्थलमा पुगेको थियो । उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार दुर्घटनाका बेला चालकसहित इभीमा आठ जना सवार थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

0 Comments