बझाङ । सामान्य विवादका क्रममा कुटपिटबाट घाइते भएका बझाङका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेल रहेका छन्।
गत भदौ २२ गते साँझ ७ बजे सामान्य विवाद हुँदा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले झलकमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका झलकलाई उपचारका लागि धनगढीस्थित केयर टेकर अस्पताल लगिएको थियो। उपचारकै क्रममा भदौ ३१ गते बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
कुटपिटमा संलग्न लोकेन्द्र जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






