३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिइने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ ।

सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । 

आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालमार्फत जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्ने मन्त्री तामाङले जानकारी दिए ।

उक्त कार्यक्रमबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत पुग्ने उनको विश्वास छ । “उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा राखेका छौँ,” उनले भने ।

बागमती प्रदेशमा ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत हाल १७ अस्पताल सूचीकृत रहेका छन् । मन्त्री तामाङका अनुसार प्रदेश सरकारले सूचीकृत अस्पतालमार्फत लक्षित बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 

0 Comments