२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशमै रोजगारी सिर्जनाको नेतृत्व लिन जेन जेड सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले अध्ययन, अनुसन्धान र सूचना प्रविधिको प्रयोगमार्फत आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भरताको उदाहरण बन्न जेन जेड सांसदहरूलाई आग्रह गरेका छन्।

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोच र व्यावहारिक पहलमार्फत आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न जेन जेड उमेर समूहका सांसदहरूलाई आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन जेड सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै युवा पुस्तालाई आत्मनिर्भर बनाउने अभियानको नेतृत्व लिन आग्रह गरेका हुन्।

अध्ययन र प्रविधिमा जोड
प्रधानमन्त्री शाहले समस्या पहिचानका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना प्रविधिको अधिकतम उपयोग गर्न र समाधानमुखी कार्यशैली अपनाउन सांसदहरूलाई सुझाव दिएका छन्।

परिवर्तित समयअनुकूल परिणाम दिन नसक्ने पुराना तथा अव्यवहारिक सोच त्याग्दै नयाँ पुस्ताको आवश्यकता र सम्भावनाका आधारमा काम गर्नुपर्नेमा उनले जोड दिए।

आफ्नै पुस्ताको प्रतिनिधित्व गरेर संसद्मा पुगेका सांसदहरूले नीति निर्माणसँगै रोजगारी, उद्यमशीलता र आत्मनिर्भरताका क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो।

राजनीतिलाई पेसा नबनाउन सुझाव
प्रधानमन्त्री शाहले राजनीतिलाई आम्दानीको पेसा नबनाउन पनि सांसदहरूलाई आग्रह गरेका छन्। राजनीतिबाहेक आयआर्जनको छुट्टै व्यावसायिक आधार निर्माण गरी दीर्घकालीन रूपमा आत्मनिर्भर बन्नुपर्ने उनको सुझाव छ।

आर्थिक रूपमा आत्मनिर्भर राजनीतिक नेतृत्वले समाजमा सकारात्मक सन्देश दिनुका साथै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने उनले बताएका छन्।

अवसर सिर्जनामा जुट्ने प्रतिबद्धता
अन्तरक्रियामा सहभागी जेन जेड उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताएका छन्।

उनीहरूले युवा पुस्तालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न तथा नवीन सोचसहित परिणाममुखी काममा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

0 Comments