३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो छ’ : प्रधानमन्त्री शाह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलिया र धेरै रहेको बताएका हुन् । उनले विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत रहेको बताए । शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि बताए। सुशासन नारा होइन, काम हो भन्ने हिसाबले सरकारले काम गरिरहेको बताए । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै आफूहरू पुरानै बाटोमा नहिँड्ने बताए ।

 कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताए। डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको जिकिर गरे ।

प्रधानमन्त्री शाहले भने, ‘भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरा सरकार सचेत छ । वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ । सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध छ र हामी पुरानै बाटोमा हिँड्ने छैनौं । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ । डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो । युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौं । हालैको रसुवा, भोटेकोशी बाढीले पुर्‍याएको क्षति हाम्रा लागि अकल्पनीय र अपूर्ण रह्यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पुर्‍याउने सबै मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय एवं संघ–संस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरू, आम नागरिक तथा देशवासीहरूप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु । तर धन्यवाद मात्र पर्याप्त छैन, नेपाल विश्वको उच्च विपद् जोखिममा भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनु अघि नै सामना गर्छौँ, जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रति कार्यमा विशेष जोड दिइनेछ । विपद्को पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ ।’

प्रधानमन्त्री शाहले युवाले सडकमा मागेको सुशासन सरकारले प्रविधिबाट पनि सुनिश्चित गरिरहेको बताए। रसुवा, भोटेकोशी बाढीले पुर्‍याएको क्षति रसुवा, भोटेकोशी बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको बताए । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताए । 

0 Comments