४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन’ : पद्मा अर्याल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ । कार्यदलले तयार गरेको प्रतिवेदन आइतबार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा कार्यदलमा गम्भीर छलफल भएको बताइन् । उनका अनुसार बदलिँदो जनताको मनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती तथा एमालेलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल गरिएको थियो। कार्यदलमा आएका विभिन्न सुझावलाई खुला रूपमा छलफल गरी साझा प्रतिवेदन तयार गरिएको उनले बताइन् । कार्यदलमा यसअघि विभिन्न नेताका छुट्टाछुट्टै प्रतिवेदन रहेको चर्चा भए पनि ती अलग-अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको अर्यालले स्पष्ट पारिन् ।

उनका अनुसार कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापाले बैठकमा पेस गरेको मस्यौदामा आवश्यक थपघट तथा परिमार्जन गरी सर्वसम्मत रूपमा साझा प्रतिवेदन तयार गरिएको हो । अर्यालले प्रतिवेदनमा नेतृत्व पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय समावेश नगरिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘यो तीन वटा प्रतिवेदन होइन, एउटा मस्यौदा हो । कसैले कुनै विषयमा मस्यौदा गर्नुभएको हुन्छ । त्यसलाई एकीकृत बनाएर बैठकले फाइनल गरेपछि बल्ल त्यो प्रतिवेदन हुन्छ । अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन । यो प्रतिवेदन दिउँसो सचिवालयमा जान्छ । सचिवालयले के गर्छ, त्यो सचिवालयको कुरा हो ।’

उनले कार्यदलले तयार गरेको प्रतिवेदनलाई कुनै एक नेताको मात्र प्रतिवेदनका रूपमा बुझ्न नहुने बताए । संयोजक बादलले मस्यौदा पेश गरे पनि छलफल र परिमार्जनपछि त्यसलाई कार्यदलको साझा दस्ताबेजका रूपमा तयार गरिएको उनको भनाइ छ । अर्यालका अनुसार कार्यदलले तयार गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो ।

0 Comments