५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट पारित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ । 

सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

यसअघि विधेयकको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार र हितलाई प्राथमिकतामा राखेको बताइन् । नेपाल सरकारले आवश्यक देखेमा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत सेवा दलले तालिम दिन सक्ने र उनीहरूलाई राष्ट्र सेवामा खटाउन सक्ने व्यवस्था गरिएको मन्त्री गौतमले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘बालबालिकाको अधिकार सर्वोपरि राखेर काम कारबाही गराउने विधेयकको स्पिरिट हो । नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन । अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक पनि बालबालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ । सेवा दलमा तालिम लिने विषयवस्तुका विषयमा बालबालिकाको मानसिक तथा शारीरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ । त्यसको निश्चित मापदण्ड हुन्छ । सोहीअनुसार हुन्छ ।’

विधेयकमा विद्यार्थी अध्ययनरत विद्यालय तथा सेवा दलको  शिक्षालयमा तालिम हुने भनिएको छ । तालिम पूरा गरेका विद्यार्थीलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन मन्त्री गौतमले जानकारी दिइन् । 

0 Comments