काठमाडौँ । संयुक्त राष्ट्र-संघको ८१औँ महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्युयोर्क पुगेका छन्।
परराष्ट्र मन्त्री खनाललाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र-संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका कर्मचारीले स्वागत गरेका थिए।
मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नेछन् । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री खनालका साथ परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत छन् ।






