काठमाडौं । नेपाली सेनाका बढुवा भएका चार सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। उनीहरू भदौ ३१ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए।
त्यसैगरी, महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदन जंग राणा र प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।






