६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

अ+ अ-

काठमाडौँ । भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुन:स्थापनाका लागि रु. २४ लाख ३३ हजार ९५२ सहयोग गरेको छ । 

गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर आज भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो । 

रसुवा–भोटेकोशीमा गएको बाढी तथा विपदबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि सो सहयोग गरिएको भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीले जानकारी दिए । 

उनका अनुसार पोखरामा रहेका विभिन्न पल्टनका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरी सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा सहभागी भूतपूर्व सैनिकले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकबाट रकम संकलन गरेका थिए ।

नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकले विपद्का समयमा सञ्चालन गर्दै आएको सहयोग अभियानअन्तर्गत हालसम्म रु. दुई करोडभन्दा बढी रकम कोषमा जम्मा गरिसकेको गोरखा ब्रिगेड जनाएको छ । 

अध्यक्ष खत्रीले विपद्का समयमा भारतीय भूतपूर्व सैनिक एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताए । 

“देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिक एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ । हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने।

0 Comments