७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा श्रीमतीको हत्या र दुई छोरी घाइते घटनाप्रति सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमतीको हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ ।

बुधवारको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानद्वारा श्रीमतीको हत्या र दुई छोरी गम्भीर घाइते भएको घटनाले आफूलाई मर्माहित बनाएको बताउँदै पीडित परिवारको न्याय र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद विकले संसदमा जानकारी गराएअनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवनका लागि पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको फरुवा प्रहार गरी हत्या गरेका हुन् ।

उक्त आक्रमणमा परी दम्पतीका दुई छोरीहरू गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन् । स्थानीय प्रहरीले समयमै उद्धार गरेका कारण बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सांसद विकले महिलामाथि भइरहेको हिंसा र असुरक्षाका श्रृङ्खलाप्रति आक्रोश पोखिन्।

उनले भनिन्, ‘कहिले हस्पिटलमा पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने त कहिले श्रीमानको इच्छा पूरा गर्न नसक्दा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म रु महिलाहरूले यस्तो यातना भोग्नु परेको कहिलेसम्म हो रु बाटोमा लर्बरिएर हिँड्ने मातेका मानिसलाई कारबाही गर्ने प्रक्रिया शुरु गरिनुपर्छ, समाजलाई असुरक्षित बनाउने यस्ता प्रवृत्ति रोक्न सरकारले सक्रियता देखाउनुपर्छ ।’

उनले गाउँघरमा सहजै उपलब्ध हुने घरेलु मदिरा र लागुऔषधको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् । केवल ठूला ब्राण्डका मदिरामा मात्र केन्द्रित नभई गाउँ बस्तीमा पाइने घरेलु जाँडरक्सीको निर्वाध विक्री र सेवन नै अपराधको मुख्य कारण बनेको उनको तर्क छ । उनले घाइते दुई बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको तर्फबाट उनीहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । घटनाले सिंगो परिवार क्षतविक्षत भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई उचित न्याय दिलाउन सरकारलाई आग्रह गरिन् ।

0 Comments