७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा राज्य प्रतिबद्ध छ’ : ऊर्जा मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन सामान्य लयमा फर्काउन राज्य पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

गत भदौ १० गतेको बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गरे । उनले विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताए ।

उनले प्रतिकुल मौसम र भौगोलिक जटिलताका बाबजुद अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । साथै, बाढीपीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गरे ।

उनले भने, ‘आँखा रसाएका छन् तर आशा मरेको छैन । विपत्तिको यो कठिन घडीमा सरकार नागरिकको साथमा छ । हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु र क्षतिग्रस्त सडक, पुल तथा विद्युतीय संरचनाहरूको पुनर्निर्माण गर्नु हो ।’

संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको संवाद र विपत्तिमा देखिएको राजनीतिक दलहरूको ऐक्यबद्धताले थप हौसला मिलेको उल्लेख गर्नुभयो । जनताको जीवनभन्दा ठूलो अरू कुनै दायित्व नहुने भन्दै उनले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारले विशेष योजनाका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

0 Comments