७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन)विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझाव ग्रहण गर्दै दफाबार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताए। 

उनले प्रणालीगत तरलतालगायत विषयमा विद्यमान संरचनाले सम्बोधन गर्न नसकेकाले अर्थतन्त्रको सुधारको प्रयासका रूपमा यो विधेयक ल्याएको बताए।

छलफलमा सांसदहरू सुशील खड्का, नीतिमा भण्डारी कार्की, प्रेमलाल चौधरी, कृष्णहरि बुढाथोकी, गणेश पौडेल, निनुकुमारी कर्ण, प्रेमबहादुर बयक, मधुकुमार चौलागाईँ, एशुदाकुमारी बराल र परशुराम तामाङले भाग लिएका थिए । उनीहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा आउनु स्वागत भए पनि त्यसबाट नेपाललाई हुने लाभ र सुरक्षित कारोबारबारे स्पष्ट हुनुपर्नेमा जोड दिए।

सो विधेयकमाथि नियमावलीबमोजिम संशोधनको सूचना दिन सभामुख डोलप्रसाद अर्यालले सदस्यहरूलाई जानकारी गराएका छन्  ।

सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका गएको प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा. वाग्लेलाई तोकिएको पत्रको व्यहोरा पढेर सुनाइएको थियो । बैठक जारी छ ।

0 Comments