७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाकर्मीलाई जलविद्युत् आईपी प्रक्रिया अघि बढ्यो

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आइपिओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोसी-त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको सम्मान स्वरूप यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।

बाढीपछि कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बीच सुरक्षाकर्मी खोज, उद्धार तथा पुन:स्थापनाका काममा निरन्तर खटिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उनीहरूको योगदानलाई प्रोत्साहित गर्ने उद्देश्यले जलविद्युत् आयोजनाको आईपीओमा सहभागिताको व्यवस्था अघि बढाइएको बताए।

राष्ट्र सेवामा खटिने सुरक्षाकर्मीले विपद्का समयमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो।

मन्त्री श्रेष्ठका अनुसार प्रस्तावित व्यवस्थामार्फत बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयरमा निश्चित सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। यसको कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले प्रतिनिधि सभालाई जानकारी गराएका हुन्।

0 Comments