८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीलाई व्यवहारमा नम्र र आर्थिक कारोबारमा पारदर्शी बन्न सांसद गजुरेलको आग्रह

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई नागरिकसँगको व्यवहारमा नम्रता अपनाउन र आर्थिक कारोबारमा पूर्ण पारदर्शिता कायम गर्न आग्रह गरेका छन् ।

त्रिपुरेश्वरमा असोज ५ गते बसमा आगजनी हुँदा चालक जलेर घाइते भएको घटनाका सम्बन्धमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेसँग भएको छलफलमा सभापति गजुरेलले यस्तो आग्रह गरेका हुन् ।

छलफलका क्रममा गजुरेलले उक्त घटनाको वास्तविक कारण र परिस्थितिबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए । उनले घटनाको निष्पक्ष अनुसन्धानमार्फत तथ्य बाहिर ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

उपत्यकाको सडक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आगामी दिनमा ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनमा लैजानुपर्ने विषयमा समेत छलफल भएको थियो ।

गजुरेलले सडकमा खटिने ट्राफिक प्रहरीको व्यवहारले नागरिकसँगको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सेवा प्रवाहका क्रममा बोली र व्यवहारमा शिष्टता कायम गर्नुपर्ने बताए । उनले ट्राफिक प्रहरीको आर्थिक कारोबार पारदर्शी हुनुपर्नेमा समेत जोड दिए ।

उनले सडकमा लामो समयसम्म जिम्मेवारी निर्वाह गर्ने ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । त्यसका लागि ट्राफिक प्रहरीलाई मनोवैज्ञानिक तयारी, परामर्श तथा आवश्यक मनोवैज्ञानिक कक्षा सञ्चालन गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

छलफलमा उपत्यकाको बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीबारे पनि जानकारी लिइएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेका अनुसार काठमाडौँ उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

ती सवारीसाधनको व्यवस्थापनका लागि हाल करिब एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन भइरहेका छन् ।

सीमित जनशक्तिबाट ठूलो संख्यामा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले प्रविधिको प्रयोग बढाउँदै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

0 Comments