८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अदालतको शुद्धीकरण चार दिन बाँकी रहेका न्यायाधीशको म्याद थपेर हुँदैन’ : सांसद मल्ल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पदावधि सकिन चार दिन मात्र बाँकी रहेका न्यायाधीशहरूको म्याद थपेर न्यायालयको पुनर्संरचना र शुद्धीकरण हुन नसक्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले न्यायालय शुद्धीकरणको नाममा संसदमा भइरहेको पछिल्लो बहसको औचित्यमाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूतर्फ लक्षित गरी व्यङ्ग्य गरेका हुन् ।

संसद्को विशेष समयमा बोल्दै सांसद मल्लले संविधान निर्माणका क्रममै न्यायाधीशहरूको पुनर्नियुक्ति र अदालतको पुनर्संरचनाबारे आफूहरूले गम्भीरतापूर्वक फरक मत दर्ता गराएको स्मरण गरे । केही दिनमात्र कार्यकाल बाँकी रहेका न्यायमूर्तिहरूको सेवा अवधि लम्ब्याउने बहसमा नअल्झी साँचो अर्थमा न्यायालय शुद्धीकरण गर्ने भए गम्भीर छलफलमा जुट्न उहाँले संसद्लाई आग्रह गरे ।

यसअघि एमाले सांसद गुरुप्रसाद बरालले रास्वपा सांसदहरूले सदनमा न्यायपालिकामाथि अनुचित हस्तक्षेप गरेको आरोप लगाएपछि रास्वपा सांसद यज्ञमणि न्यौपानेले प्रतिवाद गर्नुभएको थियो । यसैबीच, सांसद मल्लले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहलाई नेपालका तर्फबाट जलवायु न्याय र क्षतिपूर्तिलाई मुख्य एजेण्डा बनाउन माग गरे । नेपालले भोगिरहेको हिमाली सुनामी र प्राकृतिक विपत्तिको कारक विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा दया वा सहानुभूति नभई न्याय र अधिकार खोज्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को पछिल्लो रायले समेत जलवायुजन्य क्षतिमा क्षतिपूर्तिको कानूनी आधार स्पष्ट पारेको उल्लेख गर्दै मल्लले लस एण्ड ड्यामेज कोषबाट सहज वित्तीय पहुँच र प्रविधि हस्तान्तरणका लागि ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

0 Comments