दाङ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् ।
दंगीशरण गाउँपालिका अध्यक्षसमेत रहेका गिरीले ४७० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सञ्जय केसीले जानकारी दिए । उनका प्रतिस्पर्धी गोपाल रावतले ९९ मत प्राप्त गरे । सोही क्षेत्रको उपसभापतिमा दुर्गा ओली ३०९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी चक्र वलीले २६३ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रका अन्य पदका लागि भएको निर्वाचनको भने अहिले मतगणना जारी छ ।
यसअघि दाङ क्षेत्र नं ३ बाट हिजो लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेस नेता डिल्लीबहादुर चौधरी १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।



