१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दूरसञ्चार क्षेत्रको नियमन थप कडाइ र व्यवस्थित बनाउँछौँ’ : अध्यक्ष घिमिरे

अ अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाइने बताएका छन्।

प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले यसको नियमनमा थप गम्भीरता आवश्यक रहेको बताए।

दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले सेवा प्रदायकलाई व्यवस्थित बनाउन प्राधिकरणले आवश्यक कदम चाल्ने बताए।

उनका अनुसार नेपालमा विगतमा भ्वाइस सेवा प्रदान गर्ने अपरेटरको संख्या ६ रहेकामा अहिले दुई वटामा सीमित भएको छ। इन्टरनेट सेवा प्रदायक (आईएसपी) को संख्या भने बढिरहेको उनले जानकारी दिए।

दूरसञ्चार क्षेत्रको कुल आम्दानी घट्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष घिमिरेले डेटा सेवाबाट हुने आम्दानी बढे पनि भ्वाइस सेवाबाट हुने आम्दानी घटिरहेको बताए। यद्यपि, आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग भने निरन्तर बढिरहेको उनको भनाइ छ।

यी समग्र अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले नियमनको दायरा फराकिलो बनाउने, सेवा क्षेत्रलाई थप व्यवस्थित गर्ने र आवश्यक स्थानमा नियमनलाई कडाइ गर्ने नीति लिएको घिमिरेले बताए।

नियामक निकायसामु रहेका चुनौती समाधान गर्न सरकारसँग समन्वय गरेर काम अघि बढाउने उनले स्पष्ट पारे।

प्राधिकरणका कामकारबाहीमा निगरानी राख्दै आवश्यक सुझाव र दबाब दिन सञ्चार क्षेत्रलाई समेत उनले आग्रह गरे। प्राधिकरणका काममा बाह्य प्रभाव वा दबाब आए पनि सही मार्गमा अघि बढ्न सञ्चार क्षेत्रले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष घिमिरेले बताए।

प्राधिकरणले आफ्ना कामकारबाहीबारे हरेक महिना सार्वजनिक रूपमा जानकारी गराउने व्यवस्था अघि बढाउनेसमेत उनले जानकारी दिए।

0 Comments