१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिम्लुङ हिमपहिरोमा भेटिएका शवमध्ये ६ फूगाउँ र २ चामे ल्याइयो

अ अ+ अ-

काठमाडौँ । मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका शव नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ।

असोज १५ गते गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारका क्रममा फेला परेका शवमध्ये नेपाली सेनाको हवाई साधनमार्फत दुई शव चामे र छ शव फूगाउँसम्म ल्याइएको नेपाली सेनाले जनाएको छ।

हिम पहिरोपछि बेपत्ताको खोजी तथा शव उद्धारका लागि नेपाली सेनाले हवाई साधन परिचालन गरी उद्धार कार्य जारी राखेको छ।

दुर्गम हिमाली क्षेत्रमा प्रतिकूल भौगोलिक अवस्थाबीच खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। हिम पहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा फेला परेका शवलाई सुरक्षित स्थानमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

नेपाली सेनाले विपद्का समयमा सञ्चालन गर्दै आएको उद्धार अभियानअन्तर्गत हिम्लुङ हिमालमा समेत हवाई साधन प्रयोग गरी उद्धार कार्यलाई निरन्तरता दिएको हो।

0 Comments