१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राति कार्यालय बन्द भएपछि बत्ती र उपकरण बन्द गर्न सरकारी निकायलाई ऊर्जा मन्त्रीको आग्रह

अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यालय समयपछि अनावश्यक रूपमा बलिरहने बत्ती तथा सञ्चालनमा नरहेका विद्युतीय उपकरण बन्द गर्न सरकारी निकायलाई आग्रह गरेका छन्।

विद्युत्को माग बढिरहेका बेला अनावश्यक खपत घटाउन स्थानीय तहदेखि प्रदेश र संघीय सरकारका प्रशासनिक कार्यालयसम्म विद्युत् मितव्ययिता अपनाउने विषयमा समन्वय भइरहेको उनले बताएका छन्।

मन्त्री श्रेष्ठले प्रयोगमा नभएका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा तथा चार्जरलगायत उपकरण प्लगमै जोडेर छोड्दा पनि विद्युत् खपत भइरहने भन्दै त्यसलाई रोक्न आग्रह गरेका हुन्।

उनका अनुसार प्रयोगमा नरहेका उपकरणबाट हुने यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको छ। विभिन्न अध्ययनले यस्तो खपत कुल विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म हुन सक्ने देखाएको उनले बताए।

सरकारी कार्यालयबाटै मितव्ययिता अपनाउन आग्रह
मन्त्री श्रेष्ठले विद्युत् मितव्ययिताको आग्रह सर्वसाधारणमा मात्र सीमित नरहेको स्पष्ट पारे। सरकारी कार्यालयले पनि अनावश्यक विद्युत् खपत रोक्नुपर्ने भन्दै त्यसका लागि प्रशासनिक संयन्त्रसँग काम भइरहेको उनले बताए।

‘म तपाईंहरूमार्फत आम नागरिकलाई मात्र होइन, सबैभन्दा बढी सरकारी कार्यालयहरूलाई पनि यो कुरा लागू गर्न आग्रह गर्न चाहन्छु,’ श्रेष्ठले भने, ‘पहिले हामीले सिंहदरबारका कोठाहरूमा हिटर बालिराखेको, फ्यान चलिरहेको र एसी चलिरहेको देख्थ्यौँ । यसपटक हामी प्रशासनसँग पनि यस विषयमा काम गरिरहेका छौँ ।’

स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारका कार्यालयसम्म कार्यालय बन्द भएपछि अनावश्यक बत्ती निभाउने र प्रयोगमा नरहेका उपकरण बन्द गर्ने जिम्मेवारी बोध गराउने प्रयास भइरहेको उनको भनाइ छ।

‘एनर्जी भ्याम्पायर’ले बढाउँछ अनावश्यक खपत
श्रेष्ठले नेपालमा विद्युत् ग्राहकको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै प्रत्येक घर तथा कार्यालयमा हुने सानो परिमाणको अनावश्यक खपतसमेत समग्र विद्युत् प्रणालीका लागि महत्त्वपूर्ण हुने बताए।

‘हरेक घरमा मल्टिप्लग छन् । मल्टिप्लगमा चार्जर जोडेर छोड्ने, टिभी स्ट्यान्डबाइमा राख्ने लगायतका कारणले मात्रै पनि ५ देखि २० प्रतिशतसम्म विद्युत् खपत हुने अध्ययनहरू छन्,’ उनले भने।

उनले विद्युत् उपकरण प्रयोग नगर्न आग्रह गरिएको नभई प्रयोग नभएको अवस्थामा हुने अनावश्यक खपत रोक्न खोजिएको स्पष्ट पारे।

‘मैले कसैलाई “यो नचलाउनुहोस्” भनेको होइन । हाम्रो उद्देश्य ट्रान्सफर्मरको लोडलाई केही कम गर्नु हो,’ श्रेष्ठले भने, ‘खेर गइरहेको विद्युत् किन खेर जान दिने रु त्यसले ट्रान्सफर्मरमा अनावश्यक लोड बढाउँछ।’

ट्रान्सफर्मरको भार घटाउने लक्ष्य
अनावश्यक विद्युत् खपत कम गर्दा वितरण प्रणाली र ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार घटाउन सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ।

ट्रान्सफर्मरमा समस्या आए वा विद्युत् आपूर्ति अवरुद्ध भए त्यसको प्रत्यक्ष असर उपभोक्तामै पर्ने उल्लेख गर्दै उनले विद्युत्को सदुपयोगलाई जनचेतनासँग जोड्नुपर्ने बताए।

‘भोलि ट्रान्सफर्मर पड्कियो वा त्यहाँ विद्युत् आपूर्तिमा समस्या आयो भने त्यसको असर उपभोक्तालाई नै पर्छ,’ उनले भने, ‘त्यसैले मैले विनम्रतापूर्वक विद्युत्को मितव्ययी र सदुपयोग गर्न आग्रह गरेको हुँ।’

बाढीको क्षतिपछि जाडोमा थप संवेदनशील हुन आग्रह
मन्त्री श्रेष्ठले पछिल्ला बाढीले ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएको र प्रभावित संरचनाको पुन:स्थापना जारी रहेको बताए। अर्कोतर्फ विद्युत्को माग बढिरहेकाले जाडोयाममा विद्युत् प्रयोगमा थप संवेदनशील हुनुपर्ने उनको भनाइ छ।

उनले दुईवटा बाढीले ऊर्जा क्षेत्रमा असर पुर्‍याएको उल्लेख गर्दै एउटा बाढीको प्रभाव ठूलो रहेको र अर्कोबाट भएको क्षतिको पुन:स्थापना अझै जारी रहेको बताए।

विद्युत्को मितव्ययी प्रयोगले उपलब्ध ऊर्जाको सदुपयोगसँगै वितरण प्रणालीमाथिको अनावश्यक दबाब कम गर्न सहयोग पुग्ने भन्दै श्रेष्ठले घरपरिवारदेखि सरकारी कार्यालयसम्म प्रयोगमा नरहेका बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने बानी बसाल्न आग्रह गरेका छन्।

0 Comments