१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत संख्या घटाउन भूमिका खेल्न दलहरूलाई निर्वाचन आयोगको आग्रह

अ अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत संख्या घटाउन भूमिका खेल्न दलहरूलाई आग्रह गरेका छन् । 

शुक्रवार निर्वाचन आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं राजनीतिक दल व्यवस्थापनसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले निर्वाचनमा मतदाताको सहभागिता अपेक्षाअनुसार नबढ्नु तथा बदर मतको संख्या उच्च हुनुका कारण पहिचान गरी सुधार गर्न भूमिका खेल्नुपर्ने बताए । उनले निर्वाचनको समयमा राज्यका सम्पूर्ण संयन्त्र र राजनीतिक दलहरू परिचालित भएपनि मतदान प्रतिशत अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ । 

उनले मतदान प्रतिशत नबढ्नुमा नागरिकमा लोकतन्त्रप्रतिको विश्वासमा कमी आएको त होइन ? भन्दै प्रश्न गरे । प्रमुख निर्वाचन आयुक्त कार्कीले राजनीतिक दलका वडा तहसम्मका संगठनमार्फत मतदाताको समस्या बुझ्न र मतदानप्रति जागरूकता बढाउन सहयोग सहयोग पुग्ने भन्दै यसतर्फ ध्यान दिन पनि आग्रह गरे । उनले सर्वसाधारणसँगै जनप्रतिनिधिले मतदान गर्दा पनि मत बदर हुने गरेको भन्दै उनले मतदान प्रक्रिया, विधि वा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको पनि बताए । निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा मतदाताले गर्ने खर्चलाई समग्र रूपमा हेरेर न्यूनीकरण गर्नुपर्नेमा पनि उनको जोड छ । 

उनले निर्वाचनका क्रममा मतपेटिका र मतगणना स्थलको सुरक्षाका लागि गरिने व्यवस्थाबारे पनि पुन:विचार गर्न आवश्यक रहेको बताए। मतगणना स्थलमा तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्थाले कर्मचारी, राजनीतिक दल, जनप्रतिनिधि वा उम्मेदवारमध्ये कसप्रति अविश्वास रहेको हो ? भन्ने प्रश्न खडा गरेको उनको भनाइ छ । उनले मतदाता नामावली शुद्धीकरणलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको पनि बताए । मृत्यु भएका तथा बसाइँ सरेका व्यक्तिको विवरण सम्बन्धित निकायमा समयमै उपलब्ध नहुँदा मतदाता नामावली अद्यावधिक गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।

उनले भने,‘निर्वाचनमा मतदाताको सहभागिता वास्तवमा अलि अनौठो खालको छ । जनताको  लोकतन्त्रप्रतिको विश्वास नभएको हो कि ? जनता भोटिङप्रति उत्साहित नभएको हो कि ? अथवा गरे पनि हुन्छ, नगरे पनि हुन्छ भन्ने भएको हो कि, अथवा हाम्रो पनि त्यही स्तरमा पुगेको हो कि भन्ने कुरा चाहिँ छ । मतदानको दिन निर्वाचनमा सबै राज्य संयन्त्र नै लागेको छ, राजनीतिक दल त्यतैपट्टि लागेका छौँ । हामी हेर्दाखेरि गाउँ गाउँ गएर गयो भने आम जनता त्यतैपट्टि लालायित भएको देखिन्छ । तर भोटिङ गर्ने पर्सेन्ट हेर्‍यो भने अहिले पनि ५० प्रतिशत छ । दलहरू त जनमानसमा भिजेको, र तल्लो तहको संयन्त्र भएको हुनुहुन्छ नि । तपाईँहरूको तल्लो युनिटसम्म आफ्ना संगठनहरू छन् । के कारणले यस्तो भएको छ ? भनेर खोजी गरेर यो कारणको समस्या समाधान गर्नका लागि अब हजुरहरूको ठाउँबाट पहल र हाम्रो तर्फबाट यसो गर्दियो भने राम्रो हुन्छ है भन्नुभयो भने सजिलो हुन्छ । यो भनेको लोकतन्त्रको मर्मलाई अगाडि बढाउने मेसो हो । त्यसमा हाम्रो कुनै यसमा अर्को इन्ट्रेस्ट छैन, जनताको सहभागिता जति बढी बढ्यो, त्यति राम्रो हुन्छ । अब यो बदर मतको संख्या छ । इभन आम पब्लिकले हाल्दाखेरि केही केही बदर हुनु स्वाभाविक हो । हाम्रा प्रतिनिधिले हाल्दा पनि बदर छ । जनप्रतिनिधिले हालेको मत पनि बदर भएको छ । भनेपछि हामीले या त मतदान गर्न राम्रोसँग जानेका छैनौँ, या मतदानको प्रविधि अथवा विधि अथवा त्यो प्रणाली सहज छैन । केही न केही त छ ।’

उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग सहकार्य गर्न आयोग तयार रहेको पनि बताएका छन् । 

0 Comments