१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु बैंकका सिइओ शर्मासहित चार जनाविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी

अ अ+ अ-

काठमाडौँ । कर्जासम्बन्धी विवादमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएको छ।  अदालतले मुद्दामा अनुपस्थित प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

अदालतका सूचना अधिकारी जयनारायण यादवले मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। शर्माले लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका बेला भएको कर्जासम्बन्धी विवादलाई लिएर मुद्दा दायर भएको हो।

अन्य प्रतिवादीमा बैंकको वीरगञ्ज शाखाका तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र केन्द्रीय कार्यालयको कर्जा प्रशासनका तत्कालीन प्रमुख तथा नायब प्रबन्धक रवीन्द्र केसी रहेका छन्।

अदालतले शर्मासहित अनुपस्थित प्रतिवादीहरूको पक्राउ पुर्जी तामेलका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउन निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले मुद्दाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

0 Comments