१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशनमा ओली नजाने, ‘प्रचण्ड’ र रविसहित विभिन्न दलका नेताले सम्बोधन गर्ने

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

एमालेका तर्फबाट महासचिव शंकर पोखरेलले सहभागिता जनाउँदै शुभकामना दिने कार्यक्रम तय भएको छ। ओली सहभागी नहुने र पोखरेलले एमालेको प्रतिनिधित्व गर्ने विषय एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले पनि पुष्टि गरेका छन्।

काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुँदै छ। काँग्रेसले पनि आधिकारिक सूचनामार्फत असोज १८ गते दिउँसो २ बजे उद्घाटन समारोह हुने जनाएको छ। नेपाली काँग्रेस उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका नेताले समारोहमा सम्बोधन गर्नेछन्।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत तथा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सहभागी हुने तय भएको काँग्रेसले जनाएको छ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको प्रवक्ता चालिसेले बताएका छन्।

काँग्रेसले यसअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई महाधिवेशनको उद्घाटन समारोहमा सहभागिताका लागि औपचारिक निमन्त्रणा गरेको थियो। ओली, ‘प्रचण्ड’ र लामिछानेलाई काँग्रेसको टोलीले उनीहरूको निवासमै पुगेर निमन्त्रणा दिएको थियो।

0 Comments