२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कार्यालयमा असोज २२ देखि २८ गतेसम्म सरसफाइ कार्यक्रम सञ्चालन गर्न अनुरोध

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै निकायलाई सरसफाइ सूचक हासिल गर्न र फोकल पर्सन तोकेर सरसफाइ कार्यलाई व्यवस्थित तथा जवाफदेही बनाउन आग्रह गरेको छ।

अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई असोज २२ देखि २८ गतेसम्म सरसफाइ कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ।

कार्यालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै सम्बन्धित सरसफाइ सूचक हासिल गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि भदौ २५ गते ‘सरसफाइ सप्ताह सञ्चालन मार्गदर्शन, २०८३’ जारी गरेको थियो। सोही मार्गदर्शनअनुसार आ–आफ्नो निकायमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न पुनः अनुरोध गरिएको हो।

असोज २० गतेको निर्णयअनुसार सरसफाइ कार्यलाई निरन्तरता दिनसमेत कार्यालयले आग्रह गरेको छ।

त्यस्तै, सबै निकायलाई सरसफाइसम्बन्धी फोकल पर्सन तोकी सरसफाइ कार्यलाई व्यवस्थित र जवाफदेही बनाउन अनुरोध गरिएको छ।

सरसफाई सप्ताह सञ्चालन मार्गदर्शन २०८३ बमोजिम सरसफाई सूचक हासिल गर्न कार्यालय परिसर सरसफाईमा जुटेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरू

0 Comments