काठमाडौँ । नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेपछि नैतिकताका आधारमा पद त्याग गरेको शेर्पाले बताएकी छन्।
त्यस्तै, भोजपुर नगरपालिका-८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। एमालेबाट निर्वाचित प्रधानलाई पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो।
एमाले भोजपुरले यसअघि पार्टी हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै शेर्पासहितका जनप्रतिनिधिमाथि कारबाही गरेको थियो।



