काठमाडौँ । स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा संघ र प्रदेशबीचको समन्वय सुदृढ गर्ने विषयमा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, स्वास्थ्य सचिव विकास देवकोटा र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसहितको टोलीले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीसँग भेटवार्ता गरेको हो।
भेटवार्तामा प्रदेशको विद्यमान स्वास्थ्य संरचना, स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा यस क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल भएको थियो।
विशेष गरी संघ र प्रदेशबीच प्रभावकारी समन्वय कायम गर्दै स्वास्थ्य सेवा थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको थियो।



