काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी चार हजार ३९० मा कारोबार भएको थियो ।



