काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन बिष्टलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-९ निवासी विष्ट लामो समयदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका हुन् ।



