२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चीनसँगको सम्बन्धमा आर्थिक कूटनीति र व्यापार घाटा न्यूनीकरण प्राथमिकता’: राजदुत शर्मा

अ अ+ अ-

काठमाडौँ । चीनका लागि प्रस्तावित नेपाली राजदुत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताएका छन् । 

सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै शर्माले आर्थिक तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । शर्माले नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड दिएको स्मरण गराउँदै दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने बताए । नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्नता र ‘एक चीन सिद्धान्त’ प्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै उनले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको अडानलाई निरन्तरता दिने स्पष्ट पारे । शर्माले दुई देशबीचको चरम व्यापार घाटा कम गर्न गुणस्तर मापन प्रणाली (मल्टिफंक्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकला सामग्री चिनियाँ बजारमा पुर्‍याउन पहल गर्ने बताए ।

थाइल्याण्डले डुरियन फल मात्रै चीनमा वार्षिक ४ अर्ब डलरको निर्यात गर्ने दृष्टान्त दिँदै उनले नेपालले पनि आफ्ना मौलिक उत्पादनको निर्यात बढाएर अर्थतन्त्र उकास्न सक्ने तर्क गरे । हालसम्म चीनबाट नेपालमा करिव ५ सय वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन दूतावासले सहजीकरण गर्ने उल्लेख गरे । पर्यटन प्रवर्द्धनतर्फ जोड दिँदै उनले बेइजिङ र काठमाडौंबीच सिधा हवाई सम्पर्क स्थापना गर्न प्रयास गर्ने कार्य योजना पेश गरे । 

नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र रहेको तथ्यांक प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउन नेपालमै आकर्षक पर्यटकीय उत्पादन र प्याकेज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । साथै हङकङ, ल्हासा, छेन्दु र ग्वाङझौस्थित नेपाली नियोगहरूबीच साझा कार्य योजना बनाएर लगानी र पर्यटन आकर्षित गर्ने उनले बताए । 

0 Comments