काठमाडौँ । साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत भएको छ। बुधबार संसदीय सुनुवाइ समितिबाट सुनारको नाम अस्वीकृत भएको हो।
उनका विरुद्ध महिला हिंसाको उजुरी परेको थियो। गत असोज २ गते सरकारले सुनारको नाम सिफारिस गरेका थिए। उनको उच्च नैतिक चरित्र नपुगेको ठहर गर्दै समितिले नाम अस्वीकृत गरेका हुन् ।



