काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमाले सांसद थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत भएसँगै अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना मात्रै सांसद रहेका छन् ।
*यसअघि फोटो फरक पर्न गएकोमा सच्याइएको छ । सं.




