२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

अ अ+ अ-

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक गएराति करिब ११:२० बजे सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हो।

रौतहट घर भई हाल काठमाडौँ महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई चिप्लिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली बस्दै आएका १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ।

घाइते जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते चालक ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि कार्तिक २ गते बिहान १:४५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाइएको छ।

0 Comments