८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादन लागत बढ्दै, दूधको उचित मूल्य नपाउँदा किसान मारमा

अ अ+ अ-

दाङ । दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि त्यसअनुसारको मूल्य पाउन नसक्दा दाङका दुग्ध उत्पादक किसान मारमा परेका छन् ।

दाना, चोकर, घाँस, औषधि, श्रमिक तथा पशु उपचारमा हुने खर्च बढ्दै जाँदा किसानको आम्दानी खुम्चिँदै गएको छ । पशुपालन व्यवसायमा ठूलो लगानीसँगै निरन्तर श्रम गर्नुपर्ने भए पनि उत्पादनको उचित मूल्य नपाउँदा व्यवसाय सञ्चालनमै कठिनाइ हुन थालेको किसानहरूको गुनासो छ । किसानले सस्तो मूल्यमा दूध बिक्री गर्नुपर्ने तर उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा असन्तुलन देखिएको उनीहरूको भनाइ छ ।

दूध उत्पादनदेखि प्रशोधन र उपभोक्तासम्म पुर्‍याउने प्रक्रियामा लाग्ने लागत तथा मुनाफाको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने किसानहरूले माग गरेका छन् । उत्पादन लागतका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी किसानको लगानी र श्रमको उचित प्रतिफल सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ ।

घोराही उपमहानगरपालिका–२, रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीमा बिक्री गर्ने र बाँकी दूध घरघरमा पुर्‍याएर उपभोक्तालाई बेच्ने गरेको उनले बताए ।

खनालका अनुसार डेरीमा भैँसीको दूध बिक्री गर्दा प्रतिलिटर अधिकतम ७५ रुपैयाँ र गाईको दूधको ६५ रुपैयाँसम्म मूल्य पाइन्छ । तर, डेरी व्यवसायीले त्यही दूध उपभोक्तालाई प्रतिलिटर एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

गाई र भैँसीको दूधको उत्पादन लागत फरक भए पनि उपभोक्ताले दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । मूल्य निर्धारण प्रक्रियामा किसानको सहभागिता नहुँदा वास्तविक उत्पादन लागत र श्रमको मूल्याङ्कन हुन नसकेको उनले बताए । “मूल्य निर्धारण गर्दा कृषकको सहभागितासमेत गराइँदैन,” खनालले भने ।

उनका अनुसार पशुपालनका लागि आवश्यक दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतका सामग्री र सेवाको लागत बढिरहेको छ । तर, किसानले पाउने दूधको मूल्य भने त्यसअनुसार समायोजन हुन सकेको छैन । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानको आम्दानी प्रभावित भएको छ ।

किसानले उत्पादन लागतअनुसार दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेका बेला घोराहीका डेरी व्यवसायीले भने दूधजन्य पदार्थको मूल्य बढाएका छन् । लागत वृद्धि भएको जनाउँदै व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुने गरी दही, पनिर र घिउको मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार दही प्रतिलिटर १४० रुपैयाँ, पनिर प्रतिकिलो ९०० रुपैयाँ र घिउ प्रतिकिलो एक हजार ४५० रुपैयाँ कायम गरिएको छ ।

घोराहीका अर्का एक किसानका अनुसार डेरीमा दूध बिक्री गर्दा प्रतिलिटर ७० देखि ७५ रुपैयाँसम्म पाइन्छ । आफैँ मोटरसाइकलमा दूध पुर्‍याउने भएकाले प्रतिलिटर ७५ रुपैयाँसम्म मूल्य पाउने गरेको उनले बताए । तर, ढुवानी खर्चसँगै लाग्ने समय र श्रमको हिसाब गर्दा वास्तविक आम्दानी अझ कम हुने उनको भनाइ छ ।

किसानहरूले दूधको मूल्य निर्धारणमा उत्पादन लागतसँगै ढुवानी, श्रम, पशु स्वास्थ्य सेवा, विद्युत्, पानी तथा अन्य सञ्चालन खर्चलाई समेत समेट्नुपर्ने माग गरेका छन् । मूल्य निर्धारण प्रक्रियामा किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ ।

उत्पादक किसान र उपभोक्ताबीचको मूल्य अन्तरलाई पारदर्शी बनाउँदै उत्पादन, सङ्कलन, प्रशोधन तथा वितरणका प्रत्येक चरणको लागत यथार्थपरक रूपमा मूल्याङ्कन गर्नुपर्ने किसानहरूको भनाइ छ । उचित मूल्य सुनिश्चित नभए व्यावसायिक पशुपालनप्रतिको आकर्षण घट्न सक्ने उनीहरूको चिन्ता छ ।

दुग्ध उत्पादनलाई दिगो र व्यावसायिक बनाउन किसानको लगानी तथा श्रमको सम्मान हुने गरी मूल्य निर्धारण प्रणाली सुधार गर्नुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन् ।

0 Comments