काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले उनको राजीनामा आगामी कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार गुरागाईँले कात्तिक १० (आज)गते प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेस गरेका थिए। प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम राजीनामा स्वीकृत गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव अभय कुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा राजीनामा स्वीकृत भएको पुष्टि गरिएको छ। यद्यपि, गुरागाईँले राजीनामा दिनुको औपचारिक कारणबारे विज्ञप्तिमा विस्तृत विवरण उल्लेख गरिएको छैन।





